केराका बोक्राको चमत्कार

बिहिबार, १५ फाल्गुन २०८१

काठमाडौँ – एउटा उख्खान छ, ‘नपाउनेले केरा पायो, बोक्रौसित खायो ।’ यसरी हेपिएको केराको बोक्रा हाम्रो छालाको लागि निकै फाइदाजनक रहेको खुलेको छ ।

यसको प्रयोगले डन्डीफोर हट्ने, छालामा चमक आउने, डार्कसर्कल कम हुने, चाउरीपनामा हट्ने, जलन र चिलाउन रोगबाट छुटकार मिल्ने छाला रोग विशेषज्ञहरुले बताएका छन्।

खासमा केरा खाएपछि यसको बोक्रा तुरुन्तै फालिन्छ। केराको बोक्रा जसलाई हामीले बेकार ठानेर फोहोर फाल्ने गर्छौं, त्यो हाम्रो छालाको लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा नजानेर हुनसक्छ।  केराको बोक्रा फोहोर होइन, बरु यसले तपाईको छालाको धेरै समस्या हटाउन मद्दत गर्छ। यसमा पाइने पौष्टिक तत्व र एन्टिअक्सिडेन्ट गुणले तपाईको छालालाई निखार्ने मात्र नभई यसलाई स्वस्थ र जवान राख्न पनि मद्दत गर्छ ।

छालाको समस्याबाट छुटकारा पाउन यसको प्रयोग गर्ने तरिका यसलाई तयार पार्ने तरिकाहरु केराको बोक्रालाई पिसेर त्यसमा मह र कागतीको रस मिसाएर प्याक तयार गर्नुहोस्। यो प्याक अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि धुनुहोस्। यो मास्कले छालालाई चम्किलो र टोन गर्न मद्दत गर्दछ।

केराको बोक्रालाई सानो टुक्रामा काट्नुहोस् र अनुहारको कालो दागहरूमा लगाउनुहोस् । यसलाई १०–१५ मिनेटको लागि छोड्नु होस् र त्यसपछि यसलाई पानीले सफा गर्नुहोस्। नियमित प्रयोगले कालो दागहरू हल्का हुन थाल्छन्।