एउटै डोरीमा पासो लगाएर २ जनाले ज्यान फाले

मंगलबार, २० फाल्गुन २०८१

काठमाडौँ – एक जोडीले एउटै डोरीमा पासो लगाएर ज्यान फालेका छन् । मोरङ्गको पथरीशनिश्चरे–५ का २२ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनीले रुखको हाँगमा पासो लगाएर ज्यान फालेका हुन् ।

अजयको घरभन्दा करिब करिब १ किलोमिटर दक्षिणमा रहेको बक्राहा खोलाको किनारमा उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

मंगलबार स्थानीयले उनीहरू झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीकाअनुसार अजयका पत्नी र २ जना छोरा छन् भने जाबुमुनीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विवाहित दुबै जना प्रेम सम्बन्धमा थिए रहेको आसंका गरिएको छ  ।