प्रख्यात ज्योतिषको दाबी, यो साल गणतन्त्रको अन्तिम साल हुनसक्छ

आइतबार, २५ फाल्गुन २०८१

काठमाडौं – प्रख्यात ज्योतिषले २०८१ सालभित्रै राजतन्त्र फर्किने भविश्यवाणी गरेका छन् ।

जोतिश सुरेश चन्द्र रिजालले फागुन २५ गते आइतबारदेखि विशेष खगोलीय संकेत (७०)अंकमा प्रदेश गरेको भन्दै २०८१ साल गणतन्त्रको अन्तिम वर्ष हुनसक्ने भविश्यिवाणी गरेका हुन् ।

उनको यो भविश्यवाणीले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । उनका अनुसार नेपाली राजनीतिमा “अंक ७” को विशेष भूमिका रहँदै आएको छ, जसले गणतन्त्रको भविष्यलाई अन्योलमा पार्न सक्ने संकेत देखिएको छ।

रिजालका अनुसार आगामी फागुन २५ गते आइतबार (५ं२. ७) का दिन राजा ज्ञानेन्द्र वीरविक्रम शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी भैरहेको छ। संयोगवश, यो दिन पनि अंक ७ को प्रभाव देखिन्छ। उनले यो संयोग मात्र नभइ विशेष खगोलीय संकेत भएको दाबी गरेका छन्।