क्याम्पस तोडफोडको घटनामा संलग्नलाई कारबाही गर्न अखिल (समाजवादी) नुवाकोटको माग

आइतबार, २५ फाल्गुन २०८१

नुवाकोट – अखिल (समाजवादी) नुवाकोटले आदर्श बहुमुखी क्याम्पस नुवाकोटमा भएको तोडफोडको घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ।आईतवार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले क्याम्पसमा नियमित पठनपाठन गर्न र स्ववियु निर्वाचनका गतिविधि आगाडी बढाउन माग गरेको हो।

अखिल (समाजवादी) नुवाकोट जिल्ला इन्चार्ज रोजी सी (प्रभा) र अध्यक्ष विवेक सी द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा विद्यार्थी हक हित र अधिकारको लागि निरन्तर लागिरहने र विद्यार्थी विरोधी फर्जी कार्य र षड्यन्त्र आफूहरुलाई स्वीकार्य नहुने बताइएको छ।

अघिल्लो निर्वाचन जितेर विद्यार्थीको पक्षमा काम गर्न नसकेका विद्ययार्थी संगठनले संभावित पराजयबाट डराएर आफ्नो संगठन बिरुद्ध अनेक षड्यन्त्र भएको अखिल समाजवादीको आरोप छ।

विज्ञप्तिसहित