बन्द गर्दै एनसेलले केही सेवाहरु

बुधबार, २८ फाल्गुन २०८१

काठमाडौं -एनसेलले आफ्ना केही सेवा बन्द गर्ने भएको छ । एनसेलले सन २०२५ भित्र टु जी र थ्रिजी सेवा बन्द गर्ने घोषणा गरेको छ ।

थ्रिजी सेवा २०२५ मा बन्द हुने र टुजी सेवा २०२७ बाट हटाइने एनसेलले जनाएको छ । हाल नेपालमा ३३ लाख टुजी र थ्रिजी फोन प्रयोगकर्ता रहेका छन् ।

एनसेलका सिइओ तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभका अनुसार नेपालमा पनि पुरानो प्रविधि हटाएर नयाँ प्रविधिमा रूपान्तरण गरिनेछ। नेपाल आर्थिक पत्रकार समाजको कार्यक्रममा बोल्दै उनले अगामी १२–३६ महिनामा टुजी र थ्रिजी बन्द गर्न अपरेटरहरूलाई सहयोग गरिने बताए।

थ्रिजी सेवा २०२५ मा बन्द हुने र टुजी २०२७ मा हटाउन सकिने उनको भनाइ छ। हाल नेपालमा ३३ लाख टुजी ह्यान्डसेट सक्रिय रहेकाले नयाँ प्रविधिको विस्तारमा बाधक रहेको उनले बताए।