राजावादीको प्रदर्शनमा आदित्यनाथको फोटो बोक्ने लखेटिए
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर बोक्ने व्यक्ति लखेटिएका छन् । पोखराबाट काठमाडौं आउँदा शाहको स्वागतमा पोस्टर बोक्ने प्रदीपविक्रम राणा नेपालबाट लखेटिएर भारत पुगेका छन् ।
राणाले आफूलाई प्रहरीले लखेटेको प्रतिक्रिया दिएका छन् । काठमाडौंको १६ का राणा गोरखपुर पुगेका छन् । उक्त पोस्टर बोक्ने राणा अहिले भारत पुगेका छन् । उनले भारतीय समाचार संस्था नवभारत टाइम्सलाई प्रतिक्रिया दिएका छन् । राणाले उक्त मिडियालाई दिएको प्रतिक्रियामा उक्त प्रकरणपछि प्रहरी आफ्नो पछि लागेको बताएका उल्लेख छ ।
समाचारमा जनाइएअनुसार ५८ वर्षीय राणा मंगलबार भागेर गोरखपुर पुगेका हुन् । उनले उक्त समाचारमा भारत सरकार र योगी आदित्यनाथसँग मिलेर आफू सरकार गिराउने खेलमा रहेको प्रहरीले ठानेको सम्म भनेका छन् ।
उनले योगी आदित्यनाथलगायत भारतीय नेताहरूसँग आफ्नो भेट नभएको बताएका छन् । नवभारत टाइम्सलाई उनले आफू सम्पन्न भएको मात्र बताएका छैनन्, छोरी पाइलट र छोरो डाक्टर भएको समेत उल्लेख गरेका छन् ।