वडाध्यक्षले कुटे विद्यालयका हेड सर
काठमाडौँ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित श्री उ. मा. वि शुभ प्रभात स्कुलका प्रधानअध्यापकमाथि एमालेका ओडा अध्यक्षले कुटपिट गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथि एमाले ओडा अध्यक्षले कुटपिट गरेका हुन्।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा सोही वडाका वडाध्यक्ष भानसिङ बुढाले आफ्नै एमाले निकट व्यक्ति अध्यक्ष बन्नुपर्ने अडान राखेका थिए । वडाध्यक्ष भानसिंह एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
अभिभावकहरूको उपस्थितिमा बहुमत नपुगेपछि वडाध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमतको प्रयास गरेको आरोप छ । प्रधानाध्यपक घर्तिले घोराही निवासी गणेश श्रेष्ठलाई अध्यक्ष बनाउन खोजेका हुन् भने वडाध्यक्ष बुढाले आँफु निकटलाई बनाउन खोज्दा विवाद उत्पन्न भएको बुझिएको छ । दुबैले आफू निकटलाई अध्यक्ष बनाएर सेवा निवृत्त हुने शिक्षक तथा शिक्षिकाको ठाउँमा आफ्ना निकट ल्याउन खोजेपछि विवाद भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्षले उनलाई हातपात गरेपछि उनी निकटस्थहरुले प्रधानाध्यापकमाथि निर्घात कुटपिट गरेका हुन् । घाइते हेडसरको स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरिएको पाइएको छ ।