१७२ जना यात्रु बोकेर उडिरहेको जहाजमा आगो लाग्यो

शुक्रबार, १ चैत्र २०८१

काठमाडौँ – अमेरिकामा उडिरहेको जहाजमा आगो लागेको छ ।

स्थानीय समयअनुसार बिहीबार बेलुकी सवा ५ बजेतिर अमेरिकी एयरलाइन्सको बोइङमा आगो लागेको हो ।

१७२ जना यात्रु र छ जना चालक दलका सदस्य रहेको जहाजको ‘इन्जिन कम्पन’ भएको जानकारीपछि आकस्मिक अवतरण गरिएको थियो ।

अवतरणपछि सबै यात्रु र चालक दलका सदस्यलाई सकुसल बाहिर निकालिएको सिएनएनले​ उल्लेख गरेको छ ।