प्रहरीलाई नै आश्चार्य चकित पार्ने अथाह नगदसहित दुई जना पक्राउ
काठमाडौं – नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट ठूलो परिमाणको रकम बरामद गरेको छ ।
नेपाली रुपैयाँ, डलर र अन्य मुद्राहरू भएकाले अहिले नै यति रकम भन्न नसकिने जनाएको छ । रकम २५ करोड हाराहारी हुनसक्ने प्रहरीको अनुमान छ ।
गएराती काठमाडौं उपत्यकाबाट प्रहरीले एक कन्टेनरभित्र सो पैसा फेला पारेको हो । नेपाली पैसासहित ठूलो मात्रामा अमेरिकी डलर बरामद भएको छ । अपराध अनुसन्धान कार्यालयका अनुसार पैसा गन्ने काम भइरहेको र २ बजे पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक दिइने छ ।
ना १ ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।