छुट्ने आशा गरिएका विपिन जोशीबारे झनै चिन्ता थपियो
काठमाडौँ – अस्थायी युद्धविरामको झण्डै २ महिनापछि इजरायलले गाजामा पुन: हमला गर्न थालेको छ । गएरातिदेखि नै गाजामा ठूलो सैन्य कारबाही भइरहेको इजरायली सेनाले जनाएको छ ।
हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हमलामा परी कम्तीमा ३३० जनाको मृत्यु भएको छ । हमासका अखडाहरूलाई लक्षित गरेर कारबाही भइरहेको इजरायली डिफेन्स फोर्स (आईडीएफ)_ले जनाएको छ ।
यस हमलामा हमासका सर्वोच्च सुरक्षा अधिकारी महमूद अबू वफाहको मृत्यु भएको दाबी इजरायलको छ । १९ जनवरीमा युद्धविराम शुरू भएयता गाजामा गरिएको यो सबैभन्दा ठूलो हवाई आक्रमण हो।
गाजा युद्धविरामलाई अगाडि बढाउने सम्बन्धमा भएका वार्ताहरू कुनै सहमतिमा पुग्न सकेका छैनन् । जब गाजामा विस्फोट शुरू भयो, त्यतिबेला बेला रमजान महिनाका कारण धेरै मानिस सहरी गरिरहेका थिए ।
इजरायली प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिअनुसार प्रधानमन्त्री नेतन्याहू र रक्षामन्त्री काट्जले हमलाको आदेश दिएका थिए।
गाजामा इजरायलले फेरि आक्रमण थालेपछि रिहाईको लिस्टमा रहेका नेपाली विद्यार्थी विपिन जोशीबारे चिन्ता थपिएको छ । अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासको सेनाले अपहरण गरि बन्धक बनाएको थियो । केही समयको युद्ध विरामको क्रममा छुट्ने आशा गरिएको जोशी पुन युद्ध सुरु भएपछि चिन्ता बढेको छ ।