भिसा जारी भैसकेकाको पनि जुनसुकै बेला भिसा रद्ध गरिदिने अमेरिकाको चेतावनी
काठमाडौँ – अमेरिकाले जुनसुकै बेला भिसा रद्द गर्ने चेतावनी दिएको छ ।अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नियम उल्लंघ गरे भिसा रद्द गरी देशबाट निष्कासन गर्ने चेतावनी दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले भिसा जाँचको क्रम नरोकिने भन्दै दूतावासले अमेरिकी कानुन उल्लंघन गरे देशबाट निष्कासन गर्ने चेतावनी दिएको हो।
अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने दूतावासले जनाएको छ। अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना भइरहेको सुनिश्चित गर्न निरन्तर रूपमा भिसावाहकहरूको जाँच गर्ने दूतावासले जनाएको हो।
‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छने भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसावाहकहरूको जाँच गछौँ,’ दूतावासले भनेको छ,‘यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौँ।’