मासु खान जिउँदो गोरुको फिला काटियो
काठमाडौं – मासु खान जिउँदो गोरुको फिला काटिएको छ । इलामको सूर्योदय नगरपालिका ६ कन्याममा गोठमा बाँधिएको गोरुको फिला काटेर खाएको गोरु धनीले बताएका छन् । दुई पटक फिता काटेपछि गोरु मरिसकेको छ ।
यस्तो कुकर्म कसले गर्यो भन्ने पत्ता लागेको छैन । मासुको लागि मान्छेहरु कतिसम्म मरिहत्ते गर्छन् कुन हदसम्म अपराध गर्न तयार हुन्छन् रु कल्पना गर्न नसकिने इलामको एउटा घटनाले देखाउँछ ।
उक्त गोरुको एकापाटा फिलाको भाग नै छैन । हड्डीसम्म खुर्किएर मासु निकालिएको छ । करिब चार किलो मासु निकालेर लगेको स्थानियले बताएका छन् ।
यसअघि उनै राईको एक हल गोरुको फिला काटेर लगेको थियो । त्यसमध्ये एउटा गोरु पनि मरिसकेको छ । आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, उनीहरुले यसको संकेत पाउन नसकिएको भन्दै घटनालाई सामसुम बनाएका थिए ।
गुरु धनीले भने, ‘बिहान घाँस हाल्न जाँदा गोरुको एउटा फिला पुरै काटेर मासु लगेको देखें । त्यो गोरुको यसअघि पनि फिला काटिएको थियो । घरेलु उपचार गरेर निको बनाएँ । बल्लतल्ल निको हुँदै थियो, फेरी फिला नै काटेर लगेछ । गोरु बचाउन सकिएन ।’