एमालेका कार्यकर्ताले हाकिम कुटे
काठमाडौँ – एमालेका कार्यकर्ता नेपाल विद्युत प्राधिकरणका हाकिमको रामधुलाई गरेका छन् । प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठलाई कुटेका हुन् ।
डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्रीलाई गालीगलौज गरिएको विषयमा एमाले कार्यकर्ता आक्रोसित भएका थिए । डिजिटल बोर्डको डिस्प्लेमा ‘केपी चोर, देश छोड’ भन्ने शब्द देखिएको थियो डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गरिएको शब्द डिस्प्ले भएको विषय छानबिन हुने भएको छ ।
डिजिटल बोर्डको डिस्प्लेमा हिजो अपराह्न ‘केपी चोर, देश छोड’ भन्ने शब्द देखिएको थियो । त्यसपछि आज बिहान कार्यालय पुगेका नेकपा (एमाले) का कार्यकर्ताले केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि निर्घात कुटपिट गरेका थिए ।
‘आज बिहान १० बजे ३५–४० जनाको ठूलो दस्ता आई कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्यकक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको हुँदा सार्वजनिक सेवा प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरु सुरक्षित नरहेको प्रत्याभूति गर्दै कार्यालय तोडफोड गर्नेमाथि कानूनबमोजिम हदैसम्मको सजायको व्यवस्थाको माग गर्दछौं ’, विज्ञप्तिमा भनिएको छ ।