राजावादीले गरे भाटभटेनीमा लुटपाट

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौँ – राजावादीहरु कोटेश्वरको भाटभटेनीको सामान लुटपाट गरेका छन् । तीनकुनेबाट कोटेश्वर पुगेर भाटभटेनी तोडफोड गर्दै सामानहरु लुटपाट गरेका हुन् । तीनकुनेमा सभा नै तितरबितर भएपछि राजावादी प्रदर्शनकारीले ढुंगा प्रहार र आगजनी गरेका थिए ।

उनीहरूले स्टोरमा भएको सामग्री लिएर हिँडेको त्यहाँका कर्मचारीहरूले बताएका छन् । राजावादी समूहको आन्दोलन उग्र बन्दै तोडफोड र लुटपाटमा उत्रिएको छ । उनीहरूले तीनकुनेबाट कोटेश्वर पुगेर भाटभटेनीमा पनि तोडफोड गरेका छन् ।

तीनकुनेमा सभा नै तितरबितर भएपछि राजावादी प्रदर्शनकारीले ढुंगा प्रहार र आगजनीमा लागेका हुन् । उनीहरूले तीनकुने क्षेत्रका निजी घरहरू र आलोक नगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेका थिए ।

उनीहरूले प्रहरीलाई खबर गरे पनि समयमै प्रहरी नपुगेको गुनासो गरे ।