राजावादीले एक पत्रकारलाई जिउँदै जलाए

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौँ – राजावादीले एक पत्रकारलाई जिउँदै जलाएका छन् । एभिन्युज टेलिभिजनका पत्रकार शुरेस रजकलाई राजावादी आन्दोलनकारीले घरभित्र थुनेर जलाएका हुन् । काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईँ नेतृत्वको प्रदर्शनकारीले मान्छेलाई घरभित्र थुनेर आगो लगाएका थिए ।

तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा उनी मृत भेटिएका छन् तीनकुनेको भवनमा लागेको आगोमा जलेर उनको मृत्यु भएको पुस्टि भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।