दुर्गा प्रसाईँलाई पक्राउ गर्दै सरकार

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौँ – दुर्गा प्रसाईँलाई सरकार कारवाही गर्ने भएको छ । राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर प्रसाईंलाई हिँसा भट्काएको आरोपमा कारवाही गर्न लागेको गृहमन्त्रालयले जनाएको छ ।

दुर्गा प्रसाईँको आन्दोलनका कारण एक जनाको मृत्यु भएको भने ४४ जना घाइते भएका छन् । उनीहरुले एउटा सरकारी गाडी र निजी घर, सरकारी घर तथा पत्रिकाका कार्यालयहरु आगजनी तथा तोडफोड गरेका छन् ।

प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेको  पुष्टि गरेका छन् ।

गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

शुक्रबार दिउँसो उनी आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । त्यसक्रममा उनी ‘आओ-आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोहरुमा समेत देखिन्छ ।