पूर्वराजा ज्ञानेन्द्रलाई बालेनले लगाए लाखौं जरिवाना
काठमाडौँ – काठमाडौंँका मेयर बालेन शाहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लाखौँ रुपैयाँ जरिवाना तोकेका छन् । शुक्रबार तीनकुने क्षेत्रको सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पत्र पठाएको छ ।
दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भएपनि यसको मुख्य जिम्मेवार ज्ञानेन्द्र भएको महानगरको ठहर छकाठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोलगायत विभिन्न शीर्षकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको हो ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। बिहीबार प्रसाईंले निर्मल निवास पुगेर पूर्वराजालाई भेटेका थिए। त्यसलगत्तै उनलाई राजसंस्था पुनर्स्थापनाका लागि भन्दै कमाण्डर तोकिएको थियो।
राजावादी प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न पटक-पटक प्रयास गरेका थिए। पछि प्रसाईंले प्रहरीलाई पेलेर गाडी चलाउँदै प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गरेका थिए।