भाडामा बस्ने युवतीको कोठामा घरवेटीको गोप्य क्यामेरा
काठमाडौँ – घरवेटीले भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गरेको भेटिएको छ । गोप्य क्यामेरा फिट गरेको अभियोगमा प्रहरीले ४५ वर्षीया घरबेटी सञ्जय भनिने सम्पत कुमारलाई पक्राउ गरेको हो ।
भारतको तमिलनाडुस्थित घर भाडामा बस्ने युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लगमा लगाउँदा गोप्य क्यामेरा झरेको थियो । त्यसपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरीले घटनाबारे छानविन जारी रहेको जनाएको छ । उनको घरमा केही महिलाहरु भाडामा बस्ने गर्छन् । उनीहरुको उजुरीको आधारमा पुगेको प्रहरीले घरको खानतलाशी लिएको थियो । प्रहरीले सो घरभित्र अन्य केही गोप्य क्यामेरा पनि फेला पारेको छ ।
प्रहरीले सो घरबाट ६ वटा यस्ता क्यामेरा बरामद गरेको जानकारी दिएको छ । प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’ उनीमाथि आईटीएक्ट तथा महिला हिंसा रोक्नका लागि बनेको अधिनियमअनुसार मुद्दा दर्ता गरिएको छ ।