ज्ञानेन्द्र शाहको राहदानी रद्द

शनिबार, १६ चैत्र २०८१

काठमाडौं -पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा परराष्ट्र मन्त्रालयले उनको पासपोर्ड रद्द गरेको हो । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिकामा पूर्वराजा देखिएकाले राहदानी रद्द गरिएको श्रोतले जनाएको छ ।

उक्त घटनाको अनुसन्धान सुरु भएपछि उनी भागेर जानसक्ने आशंकालाई मध्येनजर गर्दै कानुनी दायरामा ल्याउन यस्तो निर्णय भएको हो राजावादीहरूको आन्दोलनका क्रममा शुक्रवार हिंसात्मक घटना घटेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्न सबै प्रक्रिया अघि बढाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिकामा देखिएको भन्दै सरकारले ज्ञानेन्द्रको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘हिंसात्मक घटना घट्नुअघि त्यसका कमान्डरहरूलाई निर्मल निवासमा बोलाएर पूर्वराजा ज्ञानेन्द्रले उकासेको स्पष्ट देखिएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ, ‘उनले केही समयअघि दिएका अभिव्यक्ति र हिजोको घटनामा तादम्यता मिलेको देखिन्छ । अनुसन्धान भइरहेको छ । यस्तोबेलामा उनी बाहिर नजाउन र अनुसन्धानलाई सघाउन भन्ने सरकारको उदेश्य हो ।’