ऐतिहासिक गोरखा जेल ब्रेककी कमाण्डर शिलु सीसहित जेल ब्रेकका योद्धाहरु अभिनन्दित हुँदै

शनिबार, १६ चैत्र २०८१

काठमाडौँ – नेपालको इतिहासमा महिलाहरुले शाहसिक जेल ब्रेक गरेको पहिलो इतिहास रचिएको दिन हो चैत १७ । गोरखा जिल्लाको सदरमुकाममा रहेको गोरखा  जेलबाट माओवादी आन्दोलनमा समाहित भएको आधारमा जेल परेका ६ जना शाहसीक महिलाहरुले सामान्य औजारबाट सुरुंग खनेर जेल तोडेका थिए । जनयुद्धको भिषण आधिहुरीको तत्कालिन समयमा २०५७ साल चैत १७ गते उनीहरुले सुरुंगबाट वाहिरी आकाशमा निस्कन सफल भएका थिए ।

माओ जयन्ती अर्थात पुष ११ मा शुरु गरिएको अभियानले चैत १७ गते मात्रै सार्थकता पाएको थियो । तत्कालिन नेकपा माओवादी नेत्री उमा भुजेल ‘शिलु’ सीको नेतृत्वमा   कमला नहर्की सपना, मिना मरहट्टा, एन्जीला विक, सञ्जु अर्याल र रिता विक लगायत महिला शाहसिक योद्धाहरुले इतिहास रचेका थिए।  जसमध्ये मिना मरहट्टा र एनजीला विक शहीद भइसकेका छन् भने बाँकी अझै रजानीतिमा सक्रिय छन् । कमाण्डर शिलु सी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध छिन् भने अन्य माओवादी केन्द्र लगाएतका कम्युनिस्ट पार्टीमा आवद्ध छन्।

पुस ११ गते शुरु गरेको अभियान एक महिना रोकेको र पछि पुन शुरु गरी चैत १७ गते सम्पन्न गरेको जेल ब्रेक अभियानकी कमान्डर शिलु सीले बताईन् । यहि सन्दर्भमा हरेक वर्ष चैत १७ गतेलाई जेल ब्रेक दिवस अर्थात बिरता दिवशका रुपमा मनाइने गरेको छ।

गत वर्ष जनयुद्ध कालिन माओवादी घटकहरुको संयुक्त कार्यक्रम भएपनि यो वर्ष नेकपा निकटअखिल नेपाल महिलासंग (क्रान्तिकारी) ले आफ्नो पहलमा कार्यक्रमको आयोजना गरेको छ।

सो कार्यक्रममा गोरखा जेल ब्रेककी शाहसिक कमाण्डर, नेकपाकी स्थायी समिति सदस्य तथा गण्डक ब्युरो इन्चार्ज शिलु सी लगायत अभियानमा सघाउने सम्पूर्ण योद्धालाई सम्मान गर्ने कार्यक्रम रहेको अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष तथा नेकपाकी केन्द्रीय सदस्य भृकुटी सीले बताएकी छिन्।

२५औं  जेलब्रक दिवसको अवसरमा अनेमसंघ  क्रान्तिकारी केन्द्रीय समितिले काठमाडौंको न्युप्लाजास्थित कान्तिपुर सिटी कलेज आयोजना गरेको अभिन्दन कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण नेता- कार्यकर्ता, सुभचिन्तक हरुलाई आह्वान गरिएको आयोजकले जनाएको छ।