एक सांसदसहित ३ जना नेतालाई विदेश जान प्रतिबन्ध

सोमबार, १८ चैत्र २०८१

काठमाडौं – सरकारले १ सांसदसहित तीन नेतालाई विदेश यात्रमा प्रतिबन्द लगाएको छ । राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री तथा प्रतिनिधिसभा सांसद धवल शमशेर राणा र राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई सरकारलेविदेश यात्रामा प्रतिबन्ध लगाएको हो ।

गृहमन्त्रालयका अनुसार राजावादीको हिंस्रक आन्दोलनमा सहभागी अन्य १० जनालाई पनि विदेश यात्रामा प्रतिबन्ध लगाएको छ । उनीहरुमाथि निगरानी राख्न सबै अध्यागमन कार्यालय र नाकाहरूमा परिपत्र गरिसकेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमाण्डर प्रसाईसहित राप्रपाका नेताहरू धवल शमशेर राणा र रविन्द्र मिश्रलाई विदेश यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। राणा राप्रपाबाट प्रतिनिधिसभा सदस्य हुन्।

गृहमन्त्रालय उच्च स्रोतका अनुसार प्रसाई,राणा र मिश्रसहित राजावादीको हिंस्रक आन्दोलनमा सहभागी अन्य १० जनालाई समेत विदेशमा यात्रामा प्रतिबन्ध लगाएको हो।

प्रसाई,राणा र मिश्रसहित राजावादीको हिंस्रक आन्दोलनमा संलग्न १० जनालाई विदेश यात्रामा रोक लगाएको गृहस्रोतले बताएको छ। स्रोतका अनुसार गृहमन्त्रालयले विदेश यात्रामा प्रतिबन्ध लगाइएकाहरूमाथि निगरानी गर्न सबै अध्यागमन कार्यालय र नाकाहरूमा परिपत्र गरिसकेको छ।

तिनकुनेमा १५ चैत्रमा राजावादी समर्थकको आन्दोलनमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा राणा र मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।