दुर्गा प्रसाईँले आफ्ना समर्थकलाई उल्लु बनाए

सोमबार, १८ चैत्र २०८१

काठमाडौँ- दुर्गा प्रसाईँले आफ्ना समर्थकलाई उल्लु बनाएका छन् । सुरुमा आफू मर्न तयार रहेको भन्दै समर्थकलाई उकासेर भागेका प्रसाईँ नेपालमै छु भनेर दोश्रो पटक ढाँटेका छन् ।

सुरक्षाका कारण नेपालकै मन्दीरमा बसेको बताउने प्रसाईँ भागेर भारत पुगेको खुलेको छ । प्रहरी अधिकारी भन्छन्’  “हामीलाई पक्राउ गर्नू भन्ने आदेश नै बेलुका ६ बजेपछि आएको हो,” फिल्डमा खटिएका एक प्रहरी अधिकारीले टिप्पणी गर्दै भने, “त्यसबेला उनी काठमाडौं कट्ने तरखरमा थिए ।”

प्रसाईंले काठमाडौंकै एक मन्दिरमा लुकेर बसेको छु भने पनि उनी भागेर भारत पुगिसकेको प्रहरी स्रोतको दाबी छ  । “उनले काठमाडौंको एक मन्दिरमा छु भनेर भनेका छन्, तर उनी रातारात मोटरसाइकलमा भारत पुगिसकेको खबर छ,” एक प्रहरी उच्च अधिकारीका उनले भने ।

मोटरसाइकलमा चढेर रातारात हेटौंडा हुँदै भारत पुगेको र नेपालकै मन्दिरमा छु भनेर बनाएको भिडियो पनि भारतकै एक मन्दिर भएको ती प्रहरी अधिकारीको भनाइ छ ।

भारतमा रहेको सूचना प्रहरीमा पुगेपछि उनी पुनः भारतबाट समेत भागे भापा आईपुगेको प्रहरी श्रोतको भनाई छ ।