राजाका बाउ आएपनि गणतन्त्र ढाल्न सक्दैन: हर्क साम्पाङ

मंगलबार, १९ चैत्र २०८१

काठमाडौँ – धरानका मेयर हर्क साम्पाङले राजा त के राजाका बाउ आएपनी गणतन्त्र नजाने ठोकुवा गरेका छन् । एमालेले गणतन्त्रको समर्थनमा सञ्चालन गरेको आन्दोलनको चर्को विरोध गर्दै उनले मोटरसाइकल र्याली निकाल्दा पेट्रोलको मात्रै सत्यानाश हुने बताए ।

बेकारमा पेट्रोल सकाएर गणतन्त्र नबच्ने भन्दै जनताको सेवा गरे गणतन्त्र राजाका बाउ आएपनि नजाने बताएका हुन् । उनले ¥याली निकाल्ने एमाले नेतालाई पाइप तान्न धरान बोलाएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले गणतन्त्रको समर्थनमा सञ्चालन गरेको आन्दोलनको चर्को विरोध गरेका छन् । धरानका एमाले नेता तथा कार्यकर्ताले निकालेको मोटरसाइकल र्‍यालीप्रति खिसिट्युरी गर्दै उनले आफूले सोचेजस्तो काम गरे मात्रै गणतन्त्र बच्ने जनाउँदै सामाजिक सञ्जाल रंगाएका हुन् ।

धरानमा रहेको खानीपाने समस्या समाधानमा जोड दिन उनले आग्रह गर्दै आएका छन् । साम्पाङ खानेपानी समस्याको मुद्दालाई उचालेर मेयरमा निर्वाचित भएका हुन् । उनी प्रायः खानेपानीको पाइप, मुहानतिरको निर्माणमा देखिन्छन् । सोही क्रममा लेखेका छन्, ‘राजा त के राजाका बाउ आएपनी गणतन्त्र जाँदैन ।’