राप्रपा आन्दोलनमा दुर्गा प्रसाईँका कार्यकर्तालाई निषेध
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गर्ने मंगलबारको आन्दोलनमा दुर्गा प्रसाईँका कार्यकर्तालाई निषेध गरिएको छ । राजसंस्था पुनर्स्थापनाका पक्षमा हुने उक्त प्रदर्शनमा राजावादी आन्दोलनका कमाण्डर तथा मेडिकल माफिया दुर्गा प्रसाईँका कार्यकर्तालाई निषेध गरिएको हो ।
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रसाईँले कराजकता देखाउँदा आन्दोलन हिंसात्मक भएको थियो । जसमा २ जनाको मृत्यु भएको थियो भने सय बढी घाइते भएका थिए । उक्त आन्दोलनमा राप्रपाले समर्थन जनाउँदै सहभागी भएको थियो ।
२६ गतेको प्रदर्शनमा पनि अराजकता नहोस् भनेर राप्रपाले प्रसाईँका कार्यकर्तालाई निषेध गरेको हो ।