रविलाई ९१ बर्ष पुरानो घरमा राखियो, सुरक्षा खतरा

सोमबार, २५ चैत्र २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ९१ बर्षअघि बनाइएको कारागारमा राखिएको छ । उच्च अदालत तुलसीपुर (बुटवल)को आदेशपछि जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका लामिछाने पूर्पक्षका लागि थुनामा पठाउँदा पुरानो घर भएको कारागामा राखिएको हो ।

उक्त जेलको अवस्था खासै गतिलो छैन। प्राप्त विवरणअनुसार जिल्ला कारागार रुपन्देहीमा कैदीबन्दीको अत्यधिक चापले व्यवस्थापनमा समस्या देखिएको थियो । क्षमताभन्दा चार गुणा बढी कैदी हुँदा महामारीजन्य रोगको जोखिम बढेको थियो भने आन्तरिक व्यवस्थापनमा पनि समस्या हुने गरेको छ।

कैदीको चापले बेलाबेलामा कदी बन्दीबिचमै झै झगडा समेत हुने गरेको छ। अहिलेको चर्को गर्मीले झन् बढी समस्या निम्त्याएको कारागार व्यवस्थापनले जनाएको छ। साँघुरो भवनमा भेडाबाख्रा जस्तै अत्यधिक कैदीबन्दी राख्ने गरिएको छ। कारागारको क्षमता एक सय जनाको हो। तर, दैनिक चार सय ५० देखि पाँच सय जनासम्मको सङ्ख्यामा राख्ने गरिएको छ।

सानो ठाउँमा धेरै थुनुवा हुनुले सुरक्षा चुनौती भएको र बन्दीबिच आपसमा कहिलेकाँही कुटपिट हुने गरेको बताइन्छ।