राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा

मंगलबार, २६ चैत्र २०८१

काठमाडौँ – राप्रपाको आन्दोलनबाट दुई जना पक्राउ परेका छन् ।

मंगलबार आयोजित विरोध सभामा घुसपैठ गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

बल्खुमा प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले उनीहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् ।

उनीहरुले प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोप छ ।

प्रदर्शनकारीले उनीहरूमाथि अनुसन्धान गर्न माग गरेका छन् ।