खानासँगै पानी पिउनु स्वास्थ्यका लागि बेफाइदा
काठमाडौँ— धेरै मानिसहरू खाना खाँदा वा तुरुन्तै खानापछि पानी पिउने गर्छन्। तर, स्वास्थ्य विशेषज्ञहरूका अनुसार यस्तो बानीले पाचन प्रक्रियामा असर गर्न सक्छ।
खानासँगै पानी पिउँदा हुनसक्ने असरहरू…
पाचन प्रणालीमा असर – पानीले पेटको एसिडलाई पातलो बनाइदिन्छ, जसले खाना पचाउने क्षमतामा कमी आउन सक्छ।
ग्यास्ट्रिक समस्या बढ्न सक्छ – यसले पेट फुल्ने, ग्यास जम्ने, वा अम्लीय समस्या बढाउने सम्भावना रहन्छ।
एनजाइमहरूको प्रभाव कम हुन सक्छ – पेटमा खाना पचाउन आवश्यक पाचक रसहरू डाइजेस्टिभ एन्जाइम को प्रभाव पानीले कमजोर बनाउन सक्छ।
रक्तमा चिनीको मात्रा असन्तुलित हुन सक्छ – खानासँगै धेरै पानी पिउँदा ग्लुकोजको स्तरमा उतारचढाव हुन सक्छ।
खाना खानुभन्दा ३० मिनेटअघि पानी पिउनु राम्रो मानिन्छ, जसले पाचनलाई मद्दत गर्छ। खाना खाएको कम्तीमा ३० देखी ४५ मिनेटपछि मात्रै पानी पिउनु उपयुक्त हुन्छ।
यदि खानासँगै पिउनै परे – धेरै तातो वा चिसो नभई सामान्य तापक्रमको थोरै मात्रामा पानी पिउन सकिन्छ।
खानासँगै धेरै पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन। त्यसैले पानी पिउने सही समयलाई ध्यान दिएर पाचन प्रक्रियालाई प्रभावकारी बनाउन सकिन्छ।