जिल्ला अदालत काठमाडौँले दियो दुर्गा प्रसाईँको पक्षमा आदेश

शुक्रबार, २९ चैत्र २०८१

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईँको पक्षमा आदेश दिएको छ । पक्राउ परेलगत्तै अदालतमा उपस्थित गराइएका प्रसाईँलाई अदालतले १२ दिन हिरासत राख्न अनुमति दिदै उपचारको प्रबन्ध गर्न आदेश दिएको हो ।

अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश दिएको छ । यो आदेशसँगै क्यान्सरका विरामी प्रसाईँले अस्तालमा बस्ने सुविधा पाउनेछन् ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको बताए ।

प्रसाईंसँगै पक्राउ परेका दिपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक्राउ गरेलगतै दुवैलाई शुक्रबार नै काठमाडौं ल्याई अदालत उपस्थित गराइएको थियो ।