माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज

शनिबार, ३० चैत्र २०८१

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भएको छ । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा गर्दा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने विषयमा सहमति भएको छ ।

कक्षा १ देखि ८ सम्मको परीक्षा स्थानीय तहले लिने र माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेको छ । या ऐन पास भएपछि स्थानीय तहले कक्षा ८ को परीक्षा लिनेछ भने बोर्डले कक्षा १२ को परीक्षा लिनेछ ।

विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो ।

‘आधारभूत त माध्यमिक गरी दुई तह छ । १ देखि ८ सम्म स्थानीय तहले गर्ने । माध्यमिक तहको राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेको छ । एसईई नगर्ने पनि सहमति भएको छ’, शिक्षा समिति स्रोतले भन्यो ।

विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षाको हुने भएकाले १० को परीक्षा स्कुलस्तरमै गर्न सहमति जुटेको हो । विधेयकमाथि कतिपय सांसदले एसईई प्रदेशमा हस्तान्तरण गर्न संशोधन हालेका थिए । प्रदेशलाई दिने विषयमा पनि उपसमितिमा छलफल भएको थियो । तर, एसईई नराख्न उपसमितिमा सहमति जुटेको हो ।