रवि लामिछानेमाथि लोकप्रियताको आडमा अपराध गरेको आरोप

शनिबार, ३० चैत्र २०८१

काठमाडौँ – रवि लामिछानेमाथि लोकप्रियताको आडमा अपराध गरेको आरोप लागेको छ । एमाले महासचिव संकर पोखरेलले जान्नेलाई छान्ने भन्नेहरुलाई सहकारीको पैसा कम्पनीमा लान पाइँदैन भन्ने पनि थाहा नपाएको भन्दै रविले लोकप्रियताको आडामा अपराध गरेको आरोप लगाएका हुन् ।

रवि लोकप्रियतावादको आवरणमा अपराध गर्ने योजनाको मुल्य योजनाकार भएको उनको आरोप छ ।

उनले भने, ‘अहिले लोकप्रियतावादको नाममा नीतिविहीनता, उद्देश्य र लक्ष्यविहीनता तथा अराजकतातिर समाजलाई धकेल्ने प्रयास भइरहेको छ । रास्वपाले पुरानाले गर्न सकेनन्, नयाँलाई मौका दिनुपर्छ, जान्नेलाई छान्ने भन्नुपर्छ भन्थ्यो । पूर्वराजावादीहरुको आपराधिक क्रियाकलापका बारेमा पत्रकारहरुले बोल भन्दा बोल्न चाहेनन् ।

गणतन्त्रवादीबारे दृष्टिकोण के हो भन्दा न हाँस न त कुखुराको चाल जस्तो । क्या हो ?क्या हो रु यस्ताहरुले समाजको नेतृत्व गर्न सक्छ ? राजनीतिले भनेको स्पष्टताको मार्ग खोज्छ। त्यसैले यस्तो लोकप्रियतावादले समाजलाई अगाडि बढ्न रोक्छ ।’

महासचिव पोखरेलले जान्नेलाई छान्ने भन्नेहरुलाई सहकारीको पैसा कम्पनीमा लान पाइँदैन भन्ने पनि थाहा नपाएको भन्दै कटाक्ष गरे । रविबारे उनले भने, ‘त्यस्ता मान्छे जान्नेलाई छान्ने अभियानको नेता बनेका रहेछन्।