बीपी राजमार्ग अवरुद्ध
काठमाडौँ – लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा लेदोसहितको पहिरो खसेपछि दुवैतर्फी बाटो अवरुद्ध भएको छ । पहिरो रोकिएपछि पन्छाउने काम सुरु हुने बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले बताएका छन् ।
लेदोको कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको ट्राफिक कार्यालयका प्रमुख एसपी सुवेदीले जानकारी दिए ।
‘लेदोसहितको पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरो रोकिएपछि पन्छाउने काम सुरु हुन्छ,’ ‘सुवेदीले भने।