अमेरिका जस्तो विकशित मुलुकमा पनि भेटियो यस्तो बिकट ठाउँ
काठमाडौँ —के तपाइलाई पत्यार लाग्छ ?अमेरिका जस्तो विकशित मुलुकमा पनि यस्तो चरम बिकट ठाउँ होला भनेर। तर अमेरिकामा यस्तो एउटा ठाउँ छ जहाबाट दैनिक उपभोग्य सामान किन्न जान २ सय माइल भन्दाबढी पैदल यात्रा गर्नुपर्ने भेटिएको छ। आफ्नो पुर्खाको बिडो धान्न अमेरिकाको बिकट गाउँ अलास्काको पोर्ट अल्सवर्थमा बस्दै आएकी २७ वर्षीय सलिना एल्सवर्थले संचार माध्यमसंग गरेको सम्बादबाट यस्तो दुर्गम ठाउँबारे थाहा भएको हो।
मानिस जहिले पनि सुविधाकै खोजीमा हुन्छ । सुविधाकै खोजीमा कतिपय मानिस गाउँबाट सहरतिर जान्छन् ।अमेरिकामा भने एक महिला यति दुर्गम ठाउँमा रमाइरहेकी छन्, जहाँ नजिकको रासन पसलमा पुग्नसमेत २०० माइल यात्रा तय गर्नुपर्छ ।
२७ वर्षीय सलिना एल्सवर्थ बसेको ठाउँमा न कुनै रेस्टुरेन्ट छ, न किराना पसल नै छ । उनी अलास्काको पोर्ट अल्सवर्थमा बस्दै आएकी छन् ।
यो ठाउँमा उनका पुर्खा सन् १९४० देखि बस्न थालेका हुन् । सलिनाका पति जेरेड रिचर्डसन पनि यही गाउँमै रमाउन थालेका छन् । उनी खुसीसाथ सलिनाको पुर्ख्यौली थलोमा बसेका छन् ।
त्यसो त, यो गाउँमा सलिनाका दम्पतीमात्र छैनन् । यहाँ करिब १८० जनाको बसोबास छ । करिब दुई महिनामा एक पटक सलिना रासन किन्न जान्छिन् । जाडो मौसममा निकै चुनौतीपूर्ण हुने उनको भनाइ छ ।
सलिना एउटा सानो विमान लिएर सहरमा सामान किन्न जाने गर्दछिन् । यो निकै खर्चिलो हुने भएकाले एक पटक जाँदा कम्तीमा दुई महिनाका लागि पुग्ने सामान ल्याउने गरिएको उनको भनाइ छ ।