एक महिलाले चोरिन् अस्पतालबाट दिनदहाडै नवजात शिशु
काठमाडौं – एक महिलाले दिनदहाडै अस्पतालबाट नवजात शिशु चोरेकी छिन् । आफू गर्भवती भएको नाटक गर्दै अस्पताल पुगेकी पुजा नामकी महिलाले भर्खरै जन्मिएको बच्चा चोरेकी र परार भएकी हुन् ।
सीसीटीभी फुटेजको सहयोगमा ती महिलालाई ४ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । भारतको राजधानी नयाँ दिल्लिको हो ।
धेरै प्रयासपछि प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा ती महिलालाई फेला पारेको छ। पक्राउ परेपछि महिलाले भनेको कुरा सुनेर प्रहरी पनि छक्क परे।
दिल्लीको सफदरजंग अस्पतालबाट नवजात शिशु हराएको ४ घण्टा भित्र प्रहरीले उनलाई फेला पारेको हो । पक्राउ परेकी अभियुक्त महिलाको नाम पूजा हो। उनी मालवीय नगरको लेबर चोक निवासी पिंकुकी श्रीमती हुन्। प्रहरीले ती महिलालाई पक्राउ गरेको छ र अपहरणमा परेकी बालिकालाई उनको कब्जाबाट उद्धार गरेको छ।