मेयर हर्क साम्पाङलाई अर्को मुद्धा

शनिबार, ६ बैशाख २०८२

काठमाडौँ – धरानका मेयर हर्क साम्पाङलाई अर्को मुद्धा लागेको छ ।

सामुदायिक वनको रूख काटेको आरोपमा डिभिजन वन कार्यालय सुनसरीमा उजुरी परेको हो । फायर लेन बनाउने भन्दै मेयर साम्पाङले धरान २० बिष्णुपादुकास्थित सामुदायिक वनको जंगलमा रूख काटेका थिए।

मेसिन प्रयोग गरेर आफैँले अनुमति नै नलिइकन रूख काटेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन थालेको छ । मेसिन प्रयोग गरेर आफैँले अनुमति नै नलिइकन रूख काटेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन थालेको हो।

चैत्र १९ गते मेसिन प्रयोग गरेर रूख काटेको जाहेरी डिभिजन वन कार्यालय सुनसरीमा परेपछि डिभिजन वन कार्यालय सुनसरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। छानबिन समितिमा बिष्णुपादुका सव डिभिजन वन अधिकृत महेशकुमार साह संयोजक छन्।