हिमालयन बैंक डुब्ने खतरा

आइतबार, ७ बैशाख २०८२

काठमाडौँ – हिमालयन बैंक डुब्ने खतरा बढेको छ । चैत मसान्तसम्मको तथ्यांकअनुसार बैंकको खराब कर्जा बढेसँगै हिमालयन बैंक रेडजोनमा परेको हो । तथ्याङ्क अनुसार बैंकको एनपिएल झण्डै ८ प्रतिशत पुगेको छ । निस्कृय प्रतिशत ४ प्रतिशतसम्म हुनु ठिकै मानिन्छ । सम्रान्तहरुको लगानी रहेको हिमालयन बैंकमा सिभिल बैंक मर्ज भएपछि खराव कर्जा बढेर ७.६८ प्रतिशत पुगेको हो ।

चैत मसान्तसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी एनपीएल हिमालयन बैंकको छ । गत वर्षको चैतसम्ममा ४. ९६ प्रतिशत रहेका बैंकको निष्क्रिय कर्जा चालु वर्षको चैत मसान्तसम्म आईपुग्दा २।७२ प्रतिशत बिन्दुले बढ्दै ७. ६८ प्रतिशत पुगेको छ । यस्तै, कुमारी बैंकको एनपीएल ६. ९८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ६. ०६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा भने कुमारीको ४. ९५ प्रतिशत र इन्भेष्टमेन्ट मेगाको ४।६६ प्रतिशत थियो ।

तथ्यांकअनुसार चैत मसान्तसम्ममा लक्ष्मी सनराइजको एनपीएल ५. ८६ प्रतिशत, एनआईसी एशियाको ५. ७५ प्रतिशत, सिटिजन्सको ५. ७१ प्रतिशत, प्राइम कमर्सियलको ५. ६५ प्रतिशत र प्रभु बैंकको ५. ०९ प्रतिशत छ ।

गत वर्ष भने लक्ष्मी सनराइज बाहेक यी सबै बैंकको एनपीएल पाँच प्रतिशत भन्दा तल थियो । गत आवको चैतमा लक्ष्मी सन्‌राईज बैंकको निष्क्रिय कर्जा ५।४९ प्रतिशत थियो । चालु आवको चैत मसान्तमा सबैभन्दा कम एनपीएल एभरेष्ट बैंकको छ । गत आवको चैत मसान्तमा ०. ७० प्रतिशत रहेको एनपीएल हाल ०. ६४ प्रतिशतमा सीमित भएको छ।

गत वर्ष २. १४ प्रतिशत रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको एनपीएल हाल १. ४४ प्रतिशतमा सीमित भएको छ । यि दुई बैंकको मात्रै निष्क्रिय कर्जा घटेको हो । चैत मसान्तमा सानिमा बैंकको एनपीएल ३. ४२ प्रतिशत, सिद्धार्थ बैंकको ४. ०४ प्रतिशत, नेपाल एसबीआईको ४. ०६ प्रतिशत, एनएमबीको ४. ४७ प्रतिशत, माछापुच्छ्रेको ४. ५९ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४. ६९ प्रतिशत छ ।

यस्तै नबिलको ४. ९६ प्रतिशत, कृषि विकास बैंकको ४. ९८ प्रतिशत र ग्लोबल आईएमई बैंकको ४. ९८ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ ।