४० सेकेण्डमै एक युवाको गर्लफ्रेन्ड भेट्ने सपमा चकनाचुर

आइतबार, ७ बैशाख २०८२

काठमाडौं – ४० सेकेण्डमै एक युवाको सपना ध्वस्त भएको छ । अमेरिका भ्रमण गर्न पर्यटक भिसाको लागि अन्तरवार्ता दिन अमेरिकी दूतावास पु्गेका एक युवाको अमेरिका घुम्ने सपना ४० सेण्डमै धोक्स्त भएको हो ।

दुई हप्ताको बिदाको योजना बनाएर गर्लफ्रेण्ड भेट्न अमेरिका जान लागेका उनले सत्य कुरा बोल्दा भिसा रिजेक्सन भएको हो । दिल्लीका एक युवकले  अमेरिका भ्रमण गर्न पर्यटक भिसाको लागि आवेदन दिएका थिए तर उनको भिसा ४० सेकेन्डमै अस्वीकार गरिएको थियो। यो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यस क्रममा उनी डिज्नी वर्ल्ड, युनिभर्सल स्टुडियो, केनेडी स्पेस सेन्टर र समुद्र तट जस्ता ठाउँहरू घुम्न चाहन्थे। उनी B1/B2  पर्यटक भिसाका लागि नयाँ दिल्लीस्थित अमेरिकी दूतावास पुगेका थिए।

अन्तर्वार्ता सुरु भयो। उनलाई सोधिएको पहिलो प्रश्न थियो, ‘तपाईं किन अमेरिका जान चाहनुहुन्छ ?  के तपाईंको अमेरिकामा कुनै साथी वा आफन्त छन् ?’ ती युवकले आफूले यात्रा गर्न चाहेको बताए, उनले अहिलेसम्म भारत बाहिर यात्रा गरेको छैनन् र उनकी प्रेमिका अमेरिकामा बस्छिन् र उनी प्रेमिकालाई पनि भेट्ने योजनामा ​​छन्।

युवकका अनुसार आफ्नी प्रेमिकाको बारेमा बताउने बित्तिकै भिसा अधिकारीले थप कुनै प्रश्न नगरी उनलाई २१४ (बी) अनुसार आवेदन अस्वीकृत भएको पर्ची दिएका थिए । ती युवकले हरेक प्रश्नको इमान्दारीपूर्वक जवाफ दिएको तर यसको बाबजुद पनि भिसा अस्वीकृत भएको बताए।