पश्चगमन र दलाल पुँजीवाद राजनीतिक समस्या हुन्, समाधान हामीसँग छ : अनिल सी
वीरगंज – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले पूर्वपञ्चहरूको पश्चगमन र यथास्थितिवादी दलाल पुँजीवाद दुबै राजनीतिक समस्या भएको बताएका छन् । नेकपाका मधेस प्रदेश इचार्जसमेत रहेको उनले यी दुबै राजनीतिक एजेण्डा वर्तमान संकटको समाधान नभएको उनको भनाई छ ।
आइतबार वीरगञ्जमा नेकपा पर्साकी जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीसँग वर्तमान संकटको समाधान रहेको बताए । उनले नेकपाले अगाडि सारेको राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवाद नै वर्तमान राजनीतिक सङ्कटको एकमात्र विकल्प भएको बताएका हुन् ।
नेकपाका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सेक्रेटरी फिरोज सीको अध्यक्षतामा भएको बैठकमा जिल्ला इन्चार्ज जनक सीले प्रतिगमनका विरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई आव्हान गरेका छन् । -फायल तस्वीर