प्रहरी सरुवामा उथलपुथल
काठमाडौं – प्रहरी संगठनमा ठूलो हेरफेर भएको छ । प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ। बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार केही जिल्ला, वृत्त र इलाका प्रहरीहरुसमेत हेरफेर भएका छन्। यस पटकको सरुवामा काठमाडौं उपत्यकाका सात वृत्तका प्रमुख र डीएसपीहरू हेरफेर भएका छन्।
प्रहरी वृत्त नयाँ बानेश्वरमा जिल्ला प्रहरी परिसर काठमाडौंका मुद्दा कार्यरत हरि खतिवडालाई पठाइएको छ। प्रहरी वृत्त थानकोटको जिम्मेवारी डीएसपी एलिजा गिरीलाई दिइएको छ।
प्रहरी वृत्त कीर्तिपुरमा रामबाबु महर्जनलाई पठाइएको छ भने प्रहरी वृत्त बालाजुमा ज्ञानबहादुर बिष्टलाई पठाइएको छ। प्रहरी वृत्त कालिमाटीको जिम्मेवारी मधुकुमार थापालाई दिइएको छ।
ललितपुरस्थित प्रहरी वृत्त चापागाउँमा यमकुमार श्रेष्ठ र भक्तपुरको प्रहरी वृत्त थिमिमा नवराज ढुंगानालाई जिम्मेवारी दिइएको छ।