आन्दोलनरत शिक्षकहरूबीच कुटाकुट

शनिबार, १३ बैशाख २०८२

काठमाडौँ – शिक्षक आन्दोलनमा एकजना शिक्षक कुटिएका छन् । शनिबार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडीका ५४ वर्षीय केशवराज जोर्शी शिक्षकबाटै कुटिएका हुन् ।

आपसी मतभेदका कारण १५–२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् । कैलालीको दुर्गा माध्यमित विद्यालयका शिक्षक जोशीले आन्दोलनका लागि उठाएको रकमको हिसाव मागेपछि कुटिएका हुन् ।

सनिबार शिक्षकहरूले आन्दोलन गर्दै आइरहेको बिजुली बजार पुल क्षेत्रमा केही शिक्षकले उनीमाथि कुटपिट गरेका हुन्। कुटपिटबाट जोशीलाई सामान्य चोट लागेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार शिक्षकहरूबीच आपसी विवाद हुँदा जोशीमाथि कुटपिट भएको हो। कुटपिटबाट उनको टाउको टुटुलका उठेको र शरीरमा समान्य चोट देखिएको छ।

उनलाई उचारका लागि सिभिल अस्पताल लगिएको थियो। उपचारपछि अहिले भने उनी आलोकनगरमा आराम गरिरहेको भजित पदमराज उपाध्यायले जानकारी दिए।