सुरक्षा पन्तपछि राजावादीहरु अर्की नायीका ऋचा शर्मामाथि खनिए
काठमाडौं – नायिका सुरक्षा पन्तपछि राजावादीहरु अर्की नायीका ऋचा शर्मामाथि खनिएका छन् । गणतन्त्रको पक्षमा बोल्ड अभिव्यक्ति दिएकी सुरक्षालाई समर्थन गरेपछि राजावादीहरु ॠचामाथि खनिएका हुन् ।
ऋचाले सुरक्षाको प्रसंसा गर्दै स्टाटस लेखेपछि राजावादीले म्यासेजमा अश्लील गाली गरिहेका छन् । ॠचाले गालिगर्ने बाबुराम धिताल नामका व्यक्तिको गाली फेसबुकमार्फत् सार्वजनिक गरेकी छन् । धितालले मेसेजमा अत्यन्तै आपत्तिजनक र तुच्छ शब्दहरू प्रयोग गर्दै गालीगलौज गरेका छन् ।
केही दिनअघि एक टेलिभिजन अन्तवार्तामा सुरक्षाले पूर्वराजपरिवारको विषयमा दिएको अभिव्यक्तिका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ। राजावादीहरूले उनको फिल्मलाई बहिष्कार गर्ने सम्मको चेतावनी दिएका छन् भने उनका समर्थकले सुरक्षाको तारिफ गरिरहेका छन्।
त्यही विषयमा सामाजिक सञ्जालमार्फत ऋचाले लेखेकी छिन्, ‘आजभोलि केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौ, त्यो सधैँ उनीहरूको पक्षमा हुनुपर्छ। तर म तिमीलाई सम्झाउन चाहन्छु तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठीक कुरा हो। तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौ।’
कसैलाई मन नपर्ने कुरा भन्नु गलत कुरा नहुने भन्दै ऋचाले थपेकी छिन्, ‘जो तिमीलाई सधैँ आफूअनुकूल बोलोस् भन्ने सोच्छन, उनीहरूलाई बुझ्न जरुरी छ, विचार राख्नु अभिमान होइन, चेतनाको संकेत हो ।’
त्यसपछि राजावादीले ॠचालाई पनि अश्लील गाली गैरहेका छन्। यसैमध्येको एक गाली ॠचाले फेसबुकमार्फत् शेयर गरेकी छन्। उनको नाम हो( बाबुराम धिताल।
बाबुराम धिताल नामका ती फेसबुक प्रयोगकर्ताले मेसेजमा अत्यन्तै आपत्तिजनक र तुच्छ शब्दहरू प्रयोग गर्दै गालीगलौज गरेको पाइएको छ। शर्माले सार्वजनिक गरेको स्क्रिनशटमा उनलाई व्यक्तिगत रूपमा मात्र नभई समग्र अभिनय क्षेत्रलाई नै लक्षित गरी निकृष्ट भाषा प्रयोग गरिएको देखिन्छ।
त्यसपछि शर्माले अभद्र गालीसहितको उक्त स्क्रिनशट आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेकी छन्। उनले क्याप्सनमा ‘बाबुराम धिताल, यो तिम्रो परिवार, तिम्रो छोरी, आमा र तिम्री श्रीमतीलाई’ भन्दै गहिरो कटाक्ष गरेकी छिन्।