बहालवाला न्यायाधीश पक्राउ
काठमाडौँ – प्रहरीले बहालवाला न्यायाधीशलाई पक्राउ गरेको छ । अमेरिकाको विस्कोन्सिन राज्यकी न्यायाधीश हान्ना डुगानलाई आप्रवासन अधिकारीहरूबाट एक व्यक्तिलाई बचाउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको हो ।
अप्रिल १८ मा अदालतमा उपस्थित एक व्यक्तिलाई आप्रवासन अधिकारीहरूले पक्राउ गर्न खोज्दा असहयोग गरेको बताइएको छ ।
आप्रवासन अधिकारीहरूबाट एक व्यक्तिलाई बचाउन सहयोग गरेको आरोपमा उनीलाई शुक्रबार पक्राउ गरिएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।
मिल्वाकी काउन्टी सर्किटकी न्यायाधीश हान्नामाथि अप्रिल १८ मा अदालतमा उपस्थित एक व्यक्तिलाई आप्रवासन अधिकारीहरूले पक्राउ गर्न खोज्दा सहयोग नगरेको आरोप छ । उल्टै उक्त व्यक्तिलाई जुरी ढोकाु बाट बाहिर निस्कन अनुमति दिएर पक्राउबाट जोगाउन प्रयास गरेको आरोप उनीमाथिगम्भीर आरोप लागेको छ।
यस घटनालाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अपनाएको आप्रवासन नीतिसँग स्थानीय अधिकारीहरूको मतभेदको संकेतको रूपमा लिइएको छ।