भाजपाको जनलहरले काँग्रेस नेतालाई हृदयघात ? गयो ज्यान (बेलुकी ५ः३० को मतपरिणाम सहित)

बिहिबार, ९ जेष्ठ २०७६

काठमाडौं – भारतमा जारी लोकसभा निर्वाचनको मतगणनाकै क्रममा काँग्रेस नेताको हृदयघातका कारण मृत्यु भएको छ । मतगणनास्थलमा सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरको हृदयघातका कारण ज्यान गएको हो ।

मतगणनाको अपडेटले उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भयो । उनलाई हतारहतार अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । सुरुवाती मतपरिणाम अनुसार काग्रेसआई लाई नराम्रोसँग झड्का लागेको छ ।

काग्रेस आइ लस्जास्पद पराजयको दिशातिर अघि बढिरहेको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी सानदार जित सँगै फेरि अर्को कार्यकाल सरकारको नेतृत्व गर्न कम्मर कसेर लागेको छ ।