नेकपा महासचिव विप्लव सीले गरे मतदाता नामावली दर्ता
काठमाडौं – नेकपा महासचिव विप्लव सीले मतदाता नामावली दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय, काठमाडौं पुगेर विप्लवले सोमबार मतदाता नामावलीमा नाम दर्ता गरेका विप्लवका स्वीकय सचिव अडिक सीले बताएका छन् ।
आजसम्म कुनै पनि निर्वाचनमा भाग नलिएका विप्लव २०८४ को निर्वाचन भाग लिने गरी निर्वाचन आयोगमा आफ्नो पार्टी दर्ता गर्ने तयारीमा रहेका छन् ।
पार्टीको विधान, नियमावली र घोषणापत्र तयार भइसकेको र यसको अन्तिम प्रक्रिया टुंग्याउन आगामी केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने निर्वाचन व्यवस्थापन समिति प्रमुख कर्णजित बुढाथोकी “सुशील”ले जानकारी दिएका छन् ।
दल दर्ता प्रक्रिया पूरा गर्नका लागि नेकपाका महासचिव विप्लवले निर्वाचन आयोग, काठमाडौं पुगेर सोमबार मतदाता नामावली दर्ता गरेको विप्लवका स्वकीय सचीव तथा पार्टी केन्द्रिय सदस्य अडिग बोगटीले जानकारी दिए ।
पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजातहरू तयार गरिसकेको र चाँडै नै दल दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको नेकपाले जनाएको छ ।