रवी लामिछानेविरुद्ध मुद्दा हाल्दा रूपन्देही जिल्ला प्रहरीले गरेको कपटको पर्दाफास

मंगलबार, १६ बैशाख २०८२

काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेविरुद्ध मुद्दा हाल्दा रूपन्देही जिल्ला प्रहरीले गरेको कपटको पर्दाफास भएको छ । पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका एक नारायण पहराईले फेसबुकमा स्टाटस लेख्दै आफुले रविबिरुद्ध जाहेरी नदिएको बताएपछि प्रहरीले गरेको छलछामको पर्दाफास भएको हो।

उनले सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा रहेको आफ्नो  बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन्।

उनले लेखेका छन् ,’सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कैयौं बचतकर्तामध्ये म पनि एक हुँ । सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो । र, इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएँ । मेरो उजुरी कोही व्यक्ति लक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो ।

एक बचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ । ‘नारायणबहादुर पहराईसमेतको जाहेरीले बादी नेपाल सरकार’ भनेर रूपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो । मैले बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइनँ, तर रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी गरिएको प्रचारमा कुनै सत्यता छैन ।

करोड-करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन । म जस्तै अन्यले पनि बचत फिर्ता पाउने आशमा उजुरी गरेका थियौं, तर यत्रो समय बित्यो, खै त रु संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के–के सिफारिस ग¥यो भनियो, तर सरकारले ती सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन ।

केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम ग¥यो रु केही गरेको छैन । बरु हामी जस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि १ म कोही व्यक्ति लक्षित थिइन, छैन ।

मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैको आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरीरमुद्दा फिर्ता लिन राजी छु । हामीले बचत फिर्ता मागेका हौं, यसमा प्रतिबद्ध छौं । हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाउ भनेका छैनौं ।

विधि-प्रक्रिया, अड्डा-अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामो समय चुप बसेँ । न्यायका नाममा पीडितलाई मात्र होइन, अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको हुँ । निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गरौं ।

रूपन्देहीमा पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम प्रहरीले थप जाहेरीकर्ताका रूपमा सार्वजनिक गरेको थियो ।