ओली नेतृत्वको सरकार ढल्ने चर्चाकाबिच भारतीय प्रधानमन्त्रीका दूत नेपाल सुटुक्क नेपालमा

बुधबार, १७ बैशाख २०८२

काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने चर्चाकाबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत नेपाल आइपुगेका छन् । भाजपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेले नेपाल आउने वित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री आरजू राणा देउवा र गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । आरजूले राखी बाँधेका चौथाइवाले सोमबार भारत फर्किनेछन् ।

यसअघि दिउँसो २ बजे उनले सिंहदरवार पसेर गृहमन्त्री रमेश लेखकसँग झण्डै आधा घण्टा वार्तालाप गरेका थिए । उनी बिहान ९ बजे एअर इण्डियाको उडान नम्बर एआई २१३ मा नयाँ दिल्लीबाट आइपुगेका हुन् ।

राजनीतिक भेटघाटका लागि आएका उनले पहिले गृहमन्त्री,दोस्रो भूतपूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाट कुराकानी थालेका हुन् । आगामी सोमबार बिहान नयाँ दिल्ली फर्कनुअघि उनले प्रधानमन्त्रीका साथै एमाले,नेपाली काँग्रेस,माओवादी केन्द्र,मधेशवादी दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् ।

थाइवालेलाई अघिल्लो पटक देउवा प्रधानमन्त्री छँदा बालुवाटारमा आरजूले जनै पूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन् ।