एक एम्बुलेन्स चालक रङ्गेहात पक्राउ
सुनसरी – एक एम्बुलेन्स चालक रङ्गेहात पक्राउ परेका छन् । रामधुनी नगरपालिका–६ पिडारीबाट झण्डै दुई क्विन्टल अवैध लागुऔषध गाँजासहित एम्बुलेन्स चालक पक्राउ परेका हुन् ।
बराहक्षेत्र नगरपालिका–४ बस्ने २५ वर्षीय श्रीराज कुमार साह शनिबार राति लागुऔषधसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा सेतो बोराले बेरेको ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी एम्बुलेन्स चालक श्रीराजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।