पाकिस्तानको आक्रमणमा भारतीय सैनिकको मृत्यु
काठमाडौं—पाकिस्तानले भारतका १५ सैनिक अड्डामा आक्रमण गरेको छ । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका जवान दिनेश कुमार शर्मासहित १५ भारतीय सेनाको मृत्यु भएको छ । गोलाबारीमा ४३ जना घाइते भएका छन् । आक्रमणपछि भारतले पाकिस्तानको वायु सुरक्षा प्रणाली धोस्त पारेको जनाएको छ ।
भारतीय सेनाले निर्दोष नागरिकमाथिको आक्रमणप्रति ऐक्यबद्धता जनाएको छ। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले वीर जवानप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको बलिदानको उच्च सम्मान गरेका छन्।
पाकिस्तानले युद्धविराम उल्लंघन गर्दै कश्मीर क्षेत्रमा गरिएको गोलाबारीमा १५ जनाको मृत्यु र ४३ जना घाइते भएका छन्। यसअघि भारतले आतंकवादी आक्रमणको जवाफस्वरूप पाकिस्तानमा हवाई हमला गरेको थियो, जसमा २६ जनाको मृत्यु र ४६ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।