देउवाको अल्टिमेटमपछि बालुवाटार बोलाएर गरे ओलीले छलफल
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारबाट बाहिरिने धम्की दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न बोलाएका छन् । ओलीले बिहीबार साँझ देउवा दम्पत्तीसहित सत्तारुढा दुई दलका शीर्ष नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्रीसहित उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अग्नि खरेल सहभागी थिए । ओलीले क्याबिनेट बैठक अघि उनीहरुसँग छलफल गरेका हुन् ।
देउवाले गभर्नर नियुक्तिको विषयलाई लिएर ओलीसँग दुखेसो पोखेका थिए । ओलीले भन्ने एउटा र गर्ने अर्को भएपछि देउवाले सरकार ढालिदिने चेतावनी दिएका थिए ।