गृहमन्त्रीको साथी भन्दै धम्क्याउन व्यक्ति पक्राउ

आइतबार, २८ बैशाख २०८२

काठमाडौं – गृहमन्त्रीको साथी भन्दै कर्मचारीलाई धम्की दिने काभ्रेका ५० वर्षीय राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

कर्मचारीहरुलाई टेलीफोन मार्फत गाली गलौच तथा डरत्रास धाक, धम्की दिई दैनिक काम काजमा समेत वाधा अवरोध गरेको प्रहरीको भनाइ छ ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।