जनताको कर नखाने भन्दै माननीयद्वारा पद त्याग
काठमाडौं—जनताको कर नखाने भन्दै एक सांसदले राजीनामा दिएकी छन् । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले सभामुख तुलाराम घर्तीलाई राजीनामा बुझाएकी हुन् । उनले जनताले तिरेको करबाट तलब खान उपयुक्त नलागेको कारण देखाउँदै आफूले पद त्यागेको राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।
‘देशको परिस्थितिबारे श्रीमानलाई अवगत नै होला, मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आशा गरेर बसेका मेरा स्वाभिमानी जनता, आमाबुवा, दाजुभाइ, दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभास भइरहेको छ’, उसांसद गुरुङले लेखेकी छन्, ‘यस्तो अवस्थामा जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन, तसर्थ आजैको मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’
सांसद गुरुङको राजीनामा स्वीकृत हुन भने बाँकी छ । उनले अचानक राजीनामा दिएपछि पार्टीका नेताहरु समेत यतिबेला आश्चार्यमा परेका छन् ।